
सिन्धुली, मंसिर २ । सिन्धुलीमा मुसहर जातीका लागि एकीकृत नमुना बस्तीको निर्माण गरिएको छ ।
जिल्लाको दुधौली नगरपालिका घर निर्माण भएपछि उनीहरुले आवासको सुविधा उपभोग गर्न पाउने भएका हुन् ।
जनता आवास कार्यक्रमअन्तर्गत दुधौंली पत्रिंगाका मुसहर जातीका लागि बनाइएको नमुना एकीकृत मुसहर बस्तीमा ४२ घर परिवार बस्नेछन् ।
एकीकृत बस्ती निर्माणपछि मुसहरुको जीवनशैलीमा समेत सुधार आउने अपेक्षा गरिएको छ ।
सिन्धुलीको कमलाखोच क्षेत्रस्थित दुधौंली नगरपालिकामा ज्याला मजदुरी गर्ने, आवास समेत नभएका मुसहरु जातीकालागि झण्डै १ करोड ४१ लाख रुपैयाको आर्थिक सहयोगमा एकीकृत नमुना बस्तीको निर्माण भएको हो ।
दुधौंली नगरपालिका क्षेत्रमा रहेका करिव ३ सय ५० परिवार मध्ये १ सय ६६ परिवारले यस अघि नै आवास सुविधा पाइसकेको र १ सय ७३ घर परिवारकालागि आवासको निर्माण कार्य भैरहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्