१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पछिल्लो २४ घण्टामा ५०२ जना संक्रमित, २८७८ जना डिस्चार्ज, १७ जनाको मृत्यु


0
Shares

काठमाडौं, मंसिर २ । पछिल्लो २४ घण्टामा ५०२ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५०२ जना कोरोना संक्रमित थपिएका हुन् ।

पछिलो २४ घण्टामा ३ हजार १ सय १२ जनाको पीसीआर परीक्षण गरिएको छ ।

काठमाडौं उपत्यकामा थप ३३९ जनामा संक्रमण पुष्टि भएको छ ।

काठमाडौंमा २८९, ललितपुरमा ३८ र भक्तपुर १२ जना संक्रमित थपिएका छन् ।

योसँगै नेपालमा संक्रमितको संख्या २ लाख ११ हजार ४७५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २८७८ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

योसँगै संक्रमणमुक्त हुनेको संख्या १ लाख ७९ हजार २४२ पुगेको छ ।

सक्रिय संक्रमितको संख्या ३० हजार ९८६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १७ जना संक्रमितको मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२४७ जना पुगेको छ ।