२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


रेडक्रसका पूर्व अध्यक्ष शर्माको निधन


0
Shares

काठमाडौं, मंसिर २ । अग्रज समाजसेवी, नेपाल रेडक्रस सोसाइटीका संस्थापक सदस्य तथा पूर्व अध्यक्ष रमेशकुमार शर्माको मंगलबार निधन भएको छ ।

कोभिडलाई जितेर पनि निमोनिया र अन्य स्वास्थ्य समस्याका कारण मंगलबार बिहान उहाँको ग्राण्डी अस्पतालमा निधन भएको हो ।

९३ वर्षीय शर्माको मृत्युले सामाजिक सेवा क्षेत्रले एक अगुवा गुमाएको छ ।

उहाँले स्पेनका राजाबाट समाजसेवा सम्मान प्राप्त गर्नुभएको थियो ।

आजै उहाँको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।

सोसाइटीको तर्फबाट अध्यक्ष डा. नेत्रप्रसाद तिम्सिना र महामन्त्री पीताम्बर अर्यालले स्व शर्माको पार्थिव शरीरमा रेडक्रसको झण्डा र पुष्पगुच्छा अर्पण गर्नुभएको थियो ।

उहाँका तीन छोरा र दुई छोरीहरु छन् ।