
काठमाडौं, मंसिर ३ । इन्टरेनट गभर्नेन्स फोरम (आईजीएफ)को मल्टिस्टेक होल्डर एडभाइजरी ग्रुप (म्याग) को सदस्यमा नेपालका तर्फबाट आनन्दराज खनाल तेस्रो पटक नियुक्त हुनु भएको छ ।
यसअघि लगातार दुई कार्यकालसम्म म्यागको सदस्य रहिसक्नुभएका नेपाल दूरसञ्चार प्राधिकरणका वरिष्ठ निर्देशक खनाल संयुक्त राष्ट्र संघ महासचिवको तर्फबाट २०२१ का लागि म्यागको सदस्य चयन हुनु भएको हो ।
आईजीएफ संयुक्त राष्ट्र संघ अन्तर्गतको इन्टरनेट गभर्नेन्ससँग सम्बन्धित सार्वजनिक नीतिका विषयमा छलफल गर्ने फोरम हो ।
जहाँ इन्टरनेटको क्षेत्रमा काम गर्ने विभिन्न देशका सरकारी, गैरसरकारी, निजी क्षेत्र, नागरिक समाज र प्राविधिक समुदायबाट सदस्य नियुक्त गर्ने गरिन्छ ।
म्यागको प्रमुखमा दक्षिण अफ्रिकाका एस्टरहाइजिन एनरियट फेरि नियुक्त हुनुभएको जनाइएको छ । यसपटक म्यागमा १५ नयाँ सदस्यसहित ४० सदस्य नियुक्त भएका छन् ।
सन् २००६ मा स्थापित यस इन्टरनेट गभर्नेन्स फोरमले राष्ट्रसंघका महासचिवलाई इन्टरनेट गभर्नेन्सको क्षेत्रमा भइरहेका कार्यक्रमका बारेमा जानकारी दिने गर्दछ ।
प्रतिक्रिया दिनुहोस्