
काठमाडौं, मंसिर ३ । तिहार बिदापछि बुधबार खुलेको शेयर बजारमा दोहोरो अंकको सुधार आयो ।
कारोबार पौने ५ अर्ब बढी पुग्यो । उतारचढाव बिच बजार परिसुचक नेप्से २३ अंकले उकालो लागेर १७ सय ४१ बिन्दुमा पुग्यो ।
यसदिन कारोबार भएका अधिकांश समुहमा सुधार आएसँगै नेप्से पनि सुधारिएको हो ।
यसदिन जीवन बिमा समूहमा सबैभन्दा उच्च ५ सय २१ अंकको सुधार आँउदा नीर्जिवन बिमा समुह पनि ३ सय ९७ अंकले उकालो लाग्यो ।
उत्पादनमुलक समूहमा पनि २ सय ३५ अंकको बृद्धि आयो । व्यापार समूह पनि १ सय ८१ अंकले उकालो लाग्यो ।
अन्य, होटल र लघुवित्त समुह पनि दाहोरो अंकले उकालो लागे ।
वाणिज्य बैंक समूह सामान्य अंकले रातो रहँदा विकास बैंक र जलविद्युत समुह भने दोहोरो अंकले ओरालो लाग्यो ।
यसदिन ७२ कम्पनीको शेयर मुल्य बढ्दा ८७ कम्पनीको मुल्य घट्यो ।
यसदिन १ सय ९४ कम्पनीको १ करोड १६ लाख कित्ता शेयर ४ अर्ब ७९ करोडमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
ब्याजदर घट्दै जानु र राजनीतिक घटनाक्रमले बजार उकालो लागेको विश्लेषण गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्