१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


नौविसेमा ट्रकको ठक्करबाट बालकको मृत्यु


0
Shares

धादिङ, मंसिर ३ । त्रिभुवन राजपथको नागढुङ्गा नौविसे सडक खण्ड अन्तरर्गत खानीखोला बजारमा मालवाहक सवारी साधनको ठक्करबाट एक स्थानीय बालकको मृत्यु भएको छ ।

बुधबार अपरान्ह काठमाडौंबाट मुग्लिन तर्फ जाँदै गरेको ना ६ ख ४९४७ नम्वरको ट्रकले धुनीवेशी ७ का स्थानीय रितेश तामाङलाई ठक्कर दिँदा उनकोको घटनास्थलमा नै मृत्यु भएको थियो ।

बालकको मृत्यु भएपछि चालकलाई कारवाही र उचित क्षतिपुर्तिको माग गर्दै स्थानीयहरुले राजमार्ग बन्द गराएका छन् ।

राजमार्ग बन्द भएपछि काठमाडौं भित्रिने र बाहिरिने सवारी आवागमन ठप्प भएको छ ।

ट्रक चालक र सहचालकलाई इलाका प्रहरी कार्यालय खानीखोलाले नियन्त्रणमा लिएको छ ।