२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


सुनको मूल्यमा गिरावट


0
Shares

काठमाडौं, मंसिर ४ । सुनको मूल्यमा बिहीबार गिरावट आएको छ ।

कोरोना भाइरसको खोपको सफलताका समाचार अन्तरराष्ट्रियरूपमा सार्वजनिक भएपछि त्यसको प्रभाव सुनको मूल्यमा समेत परेको छ ।

सोही कारण बिहीबार स्थानीय बजारमा समेत पहेलौं धातुको मूल्य प्रतितोला रु. ७०० ले ओरालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाला सुन प्रतितोला रु. ९४ हजार ४०० मा कारोवार भएको छ ।

बुधबार छापावाला सुनको मूल्य प्रतितोला रु. ९५ हजार १०० मा कारोवार भएको थियो ।

बुधबारको तुलनामा बिहीबार छापावाला सुन प्रतितोला रु. ७०० ले घटेको हो ।

त्यसैगरी तेजाबी सुन प्रतितोला रु. ९३ हजार ९०० मा कारोवार भएको छ ।

बुधबार तेजाबी सुन प्रतितोला रु. ९४ हजार ६०० मा कारोवार भएको थियो ।

यस्तै चाँदी भने प्रतितोला रु. एक हजार २१५ मा कारोवार भएको छ ।

बुधबार चाँदी प्रतितोला रु. एक हजार २३० मा कारोवार भएको थियो ।

बुधबारको तुलनामा चाँदी प्रतितोला रु. १५ ले घटेको हो ।