२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


८ महिनापछि खुल्यो बर्दिया राष्ट्रिय निकुञ्ज


0
Shares

बर्दिया, मंसिर ४ । कोरोना महामारीका कारण विगत ८ महिनादेखि बन्द रहेको बर्दिया राष्ट्रिय निकुञ्ज खुला गरिएको छ ।

स्वास्थ्य सुरक्षा संवेदनशीलताका कारण गत वर्षको चैत्र महिनादेखि निकुञ्जमा पर्यटकीय गतिविधि बन्द गरिएको थियो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले दशैं, तिहार, छठलगायतका चाडपर्वहरुमा आन्तरिक पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले निकुञ्जमा निश्चित मापदण्ड बनाएर खुला गर्न अनुमति पाएको बताउनुभयो ।

उहाँले निकुञ्जका शर्त र परिधिभित्र रही पर्यटकीय गतिविधिहरुका लागि प्रवेश गर्न चाहने पर्यटकलाई निकुञ्ज प्रवेश खुला गरिएको बताउनुभयो ।

कोरोनाका कारण विदेशी पर्यटक नआएपनि आन्तरिक पर्यटकहरु आउन शुरु गरेका छन् ।