३१ चैत्र २०८१, आइतबार | Sun Apr 13 2025


क्यानडाले कम आय भएका मुलुकलाई कोभिड–१९ को खोप उपलब्ध गराउन सहयोग गर्ने


0
Shares

Canada will support to poor country for covid vaccine

एजेन्सी, मंसिर ४ । क्यानडाले कम आय भएका मुलुकहरुलाई कोभिड–१९ को खोप उपलब्ध गराउन सहयोग गर्ने भएको छ ।

आफ्नो देशका नागरिकका लागि पर्याप्त मात्रामा आवश्यक पर्ने खोपको मात्रा जोहो गरिसकेको क्यानडाले खोप किन्न सक्ने आर्थिक हैसियत नभएका देशका लागि सहयोग गर्ने निर्णय गरेको हो ।

तीन करोड ८० लाख जनसंख्या रहेको क्यानडाले यसअघि नै ४१ करोड ४० लाखभन्दा बढी खोपको मात्रा अर्डर गरिसकेको छ ।

क्यानडाले अरु कुनै पनि देशले आफ्ना नागरिकका लागि जोहो गरेको भन्दा बढी संख्यामा खोप व्यवस्था गरिसकेको ड्यूक ग्लोबल हेल्थ इनोभेसन सेन्टर उत्तरी क्यारोलिनाका शोधकर्ताले जनाएका छन् ।

एउटा वा दुईटा खोपले मात्र काम गरे पनि आप्mनो देशका लागि अर्बौ मात्रा खोपको डोज सुनिश्चित गरिसक्ने धनी मुलुक मध्येमा क्यानडा पर्दछ ।

क्यानेडियन सरकारको स्रोतलाई उल्लेख गर्दै रोयटर्सले लेखे अनुसार उसले विश्व स्वास्थ्य संगठनमार्फत् यो सहयोग उपलब्ध गराउने छ । कोभ्याक्सका लागि क्यानडाको जस्तै सहयोगका लागि अरु केही धनी देशलाई पनि उत्प्रेरित गरिरहेको उक्त संगठनले पनि जनाएको छ ।

मोडेर्ना, फाइजर जस्ता बहुराष्ट्रिय औषधि उत्पादक कम्पनीहरुले आफ्नो खोप अन्तिम चरणमा रहेको र ९५ प्रतिशतसम्म सफल देखिएको दाबी गरेपछि विश्वभर आशाको किरण सञ्चारित भएको छ ।

सन् २०२१ को अन्त्यसम्ममा दुई अर्ब खोप बन्ने अनुमान गरिएको छ । तर त्यस बेलासम्म विश्वलाई ५ अर्ब खोपको मात्रा चाहिने जनाइएको छ । सन् २०२३ नहुँदासम्म पर्याप्त खोप विश्व बजारमा आउन नसक्ने जनाइएको छ ।