१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


रोल्पामा जिपको ठक्करबाट १ को मृत्यु, २ जना घाइते


0
Shares

रोल्पा, मंसिर ४ । रोल्पामा जिपको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

सुनिलस्मृति गाउँपालिका तल्लोपानीस्थित सुलिचौर भित्री सडक खण्डमा भएको दुर्घटनामा २ जना घाइते भएका छन् ।

लु १ ज ३०७० नम्बरको जिपको ठक्करबाट घाईते भएका स्थानीय ४६ वर्षिय राहुल मगरको उपचारका लागि बुटवल तर्फ लैजादै गर्दा बाटोमा नै मृत्यु भएको हो ।

जिप र चालकलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख प्रहरी नायव उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो ।