
काठमाडौं, मंसिर ४ । पछिल्लो २४ घण्टामा २१०३ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २१०३ जना कोरोना संक्रमित थपिएका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १५ हजार २० पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार २८५८ जना संक्रमणमुक्त भएका छन् ।
योसँगै संक्रमणमुक्त डिस्चार्ज हुनेको संख्या १ लाख ८५ हजार ६ सय ३८ पुगेको छ ।
सक्रिय संक्रमित संख्या २८ हजार १ सय ६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १७ जना संक्रमितको मृत्यु भएको छ ।
योसँगै १ हजार २७६ जना संक्रमितको मृत्यु भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्