
तस्विर फाइल
काठमाडौं, मंसिर ४ । राष्ट्रपति विद्यादेवी भण्डारी कोरोना (कोभिड–१९) को विश्वव्यापी महामारीका कारण यस वर्षको छठ पर्वका अवसरमा काठमाडौंका विभिन्न स्थानमा सरिक हुन नसक्ने हुनुभएको छ ।
राष्ट्रपति भण्डारी विगत वर्षका काठमाडौंका गुहेश्वरी-गौरीघाट र कमलपोखरीमा सहभागी हुने गर्नुभएको थियो ।
राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले बिहीबार विज्ञप्ति जारी गरी उक्त जानकारी दिनुभएको हो ।
राष्ट्रपति भण्डारी यस वर्षको वडादशैँका अवसरमा शक्तिपीठको दर्शन र भ्रमणमा पनि जानुभएको थिएन ।
प्रतिक्रिया दिनुहोस्