
काठमाडौं, मंसिर ४ । नेपाल रेडक्रस सोसाइटीले सरकारलाई सात वटा भेन्टिलेटर सहयोग स्वरुप उपलब्ध गराएको छ ।
रेडक्रसले कोभिड १९ रोकथाम तथा नियन्त्रणमा सहयोग पुर्याउने उद्देश्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सात वटा भेन्टिलेटर सहयोग स्वरुप उपलब्ध गराएको हो ।
रेडक्रसकी उपाध्यक्ष शर्मिला कार्कीको नेतृत्वमा बिहीबार मन्त्रालय पुगेको टोलीले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई सहयोग स्वरुप भेन्टिलेटर उपलब्ध गराएको हो ।
रेडक्रसले सात वटै प्रदेशलाई एक÷एक वटा वितरण गर्ने गरी सातवटा भेन्टिलेर उपलब्ध गराएको हो ।
मन्त्री ढकालले रेडक्रसले गरेको सहयोगले संक्रमित बिरामीहरुको उपचारका लागि महत्वपूर्ण हुने बताउनुभयो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई यसअघि भारत सरकारले २८ वटा भेन्टिलेटर र अमेरिकी सरकारले एक सय वटा भेन्टिलेटर उपलब्ध गराएका थिए ।
प्रतिक्रिया दिनुहोस्