२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


३३ एसएसपीको सरूवा, काठमाडौंमा अशोक सिंह, ललितपुरमा किरण बज्राचार्यलाई जिम्मेवारी


0
Shares

Nepal police transfer notice

काठमाडौं, मंसिर ५ । सरकारले नेपाल प्रहरीका ३३ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सरूवा गरेको छ ।

नेपाल सरकार, गृह मन्त्रालयको शुक्रबारको निर्णय अनुसार ७ गते आइतबारदेखि लागू हुनेगरी उनीहरुको सरूवा गरिएको हो ।

जसअनुसार महानगरीय प्रहरी परिसर, काठमाडौं र ललितपुरका प्रमुख परिवर्तन गरी काठमाडौं परिसरमा अशोक सिंह र ललितपुर परिसरमा किरण बज्राचार्यलाई जिम्मेवारी तोकिएको छ ।

हालका काठमाडौ प्रमुख श्यामप्रसाद ज्ञवालीलाई प्रहरी प्रधान कार्यालय नक्सालको अपराध अनुसन्धान विभाग तथा ललितपुरका प्रमुख टेकप्रसाद राईलाई प्रधान कार्यालय नक्सालकै कार्य विभागमा सरूवा गरिएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाह पथमा जनक भट्टराईलाई पठाइएको छ भने त्यहाँ रहेका भिमप्रसाद ढकाललाई सामुदायिक प्रहरी महाशाखा नक्सालमा सरूवा गरिएको छ ।

यस्तो छ सरुवा सूचीः