
बाग्मती, मंसिर ५ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणबाट हेटौंडालगायत बाग्मती प्रदेशमा हालसम्म ६३१ जनाको मृत्यु भइसकेको छ ।
बाग्मती प्रदेश, सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशमा एक लाख १७ हजार १९७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
मन्त्रालयको कोभिड–१९ का प्रवक्ता डा. पुरुषोत्तम सेढाईंका अनुसार कूल सङ्क्रमितमध्ये ९८ हजार ५५९ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् ।
प्रदेशमा कोरोना सङ्क्रमणबाट निको हुने दर ८४ प्रतिशत रहेको उहाँको भनाइ छ ।
प्रवक्ता डा. सेढाईंका अनुसार मुलुकका कूल कोरोना सङ्क्रमितमध्ये वाग्मती प्रदेशमा ५० प्रतिशत छ ।
कोरोनाको सङ्क्रमणबाट सुरक्षित रहन सरकारले निर्धारण गरेको मापदण्ड पालना गर्नुपर्ने उहाँको भनाइ छ ।
हेटौँडा उपमहानगरपालिका–५ की ६४ वर्षीया एक महिलाको कोरोना सङ्क्रमणबाट शुक्रबार आफ्नै घरमा मृत्यु भएको छ ।
उनलाई गत कात्तिक १८ गते कोरोना पृष्टि भएको थियो ।
शव व्यवस्थापन नेपाली सेनाले गर्ने निजको परिवारले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्