२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


थप २२ जना संक्रमतिको मृत्यु, मृतकको संख्या १२९८ पुग्यो


0
Shares

काठमाडौं, मंसिर ५ । पछिल्लो २४ घण्टामा थप २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २२ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२९८ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा १९४५ जना कोरोना संक्रमित थपिएका छन् ।

योसँगै कोरोना संक्रमितको संख्या २ लाख १६ हजार ९६५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५३६४ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् ।

योसँगै डिस्चार्ज हुनेको संख्या १ लाख ९१ हजार २ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा १० हजार ३४० जनाको पिसिआर परीक्षण भएको छ ।

सक्रिय संक्रमितको संख्या २४ हजार ६६५ रहेको छ ।