३ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025


चितवनमा कोरोनाबाट ८५ जनाको मृत्यु


0
Shares

चितवन, मंसिर ५ । कोरोनाबाट हालसम्म चितवनका ८५ जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय चितवनले जारी गरेको तथ्याङ्क अनुसार मृत्यु हुनेमा सवै भन्दा धेरै ६१ देखि ७० बर्ष उमेर समुहका २१ जना रहेका छन् ।

५१ देखि ६० र ७१ देखि ८० बर्ष उमेर समुहका समान १६/१६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

८० वर्ष उमेर माथिका १७ जना, ४१ देखि ५० बर्ष उमेर समुहका ७ जना, ३१ देखि ४० बर्ष उमेर समुहका ६ जना र ११ देखि २० वर्ष उमेर समूहका १÷१ जना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा २३ जना महिला र ६२ जना पुरुष रहेका छन् ।

अहिले सम्म भरतपुर महानगरपालिकाका ५१ जना कोरोना संक्रमितको मत्यु भएको छ ।

खैरहनी नगरपालिकाका ९, रत्ननगर नगरपालिकाका १०, राप्ती नगरपालिकाका ८, कालिका नगरपालिकाका ७ र इच्छाकामना गाउँपालिकाका १ जनाको मृत्यु भएको छ ।

माडी नगरपालिकामा भने हालसम्म कोरोनाबाट मृत्यु शून्य रहेको छ ।