१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अप्रजातान्त्रिक गतिविधि नगर्न ट्रम्पलाई रिपब्लिकन सिनेटर रोम्नीको चेतावनी, क्रूद्ध ट्रम्पले रोम्नीलाई भने ‘गैंडा’


0
Shares

एजेन्सी, मंसिर ६ । निर्वाचनमा हारिसकेपछि पनि ह्वाइट हाउसमा बसेर डोनल्ड ट्रम्पले अप्रजातान्त्रिक गतिविधि गरिरहेको भन्दै ट्रम्पकै पार्टी रिपब्लिकनका सिनेटर मीट रोम्नीले आलोचना गर्नुभएको छ ।

आफ्नो आलोचना गरेकामा क्रूद्ध ट्रम्पले भने यूटाहका सिनेटर रोम्नीलाई नै ‘गैंडा’ भन्दै कटू टिप्पणी गर्नुभएको छ । राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्वीटरमार्फत् नै रोम्नीलाई भद्दा गाली गर्नुभएको हो ।

सन् २०१२ को राष्ट्रपति निर्वाचनका रिपब्लिकन उम्मेदवार रहिसकेका सिनेटर रोम्नीले राष्ट्रपतिमा निर्वाचित डेमोक्रेट उम्मेदवार जो बाइडनको जीत उल्टाउन ट्रम्पले गरिरहेको प्रयासलाई ‘प्रजातान्त्रिक हर्कत’ भनेपछि ट्रम्प आक्रोशित देखिनुभएको हो ।

ट्रम्पले निर्वाचन परिणाम उल्ट्याउन केही राज्यमा उजुरी दिएपनि ती उजुरीमा प्रमाण नहुँदा नाकाम देखिएको छ । हालै जोर्जियामा धाँधली भएको भन्दै फेरि दाहोर्‍याएर हातैले गणना गर्दा पनि बाइडन विजयी हुनुभएको छ ।

यो प्रयास पनि सफल नभएपछि अहिले ट्रम्प आफ्नो प्रभाव भएको र रिपब्लिकन निकट अधिकारीहरु रहेका राज्यमा मत गणना प्रमाणित गर्न नै रोक्न लगाउन थाल्नुभएको छ । जुन कार्यले अमेरिकी प्रजातन्त्रकै धज्जी उडिरहेको रोम्नीको टिप्पणी थियो ।

निर्वाचनमा बाइडनले फराकिलो जीत हासिल गरिसक्दा पनि हार अस्वीकार गरिरहनुभएका ट्रम्पले चुनावमा धाँधली भएको भन्दै यो साता आफू विजयी भएको भन्दै लगातार ट्वीट गर्नुभएको थियो ।

रोम्नीले आफ्नो ट्वीटमा भन्नुभएको थियो, ‘कुनै पनि अदालतसमक्ष व्यापक धाँधली र षड्यन्त्र भएको कानुनी रुपमा विश्वसनीय प्रमाण पेश गर्न नसकेपछि राष्ट्रपतिले अब राज्य र स्थानीय अधिकारीहरुमाथि दबाबको सहारा लिन थालेका छन् । बहालवाला एक अमेरिकी राष्ट्रपतिबाट यति खराब र अलोकतान्त्रिक गतिविधि हुनेमा कल्पना पनि गर्न सकिन्न ।’

रोम्नीलाई गैंडा भनेका ट्रम्पले उनी नाम मात्रका रिपब्लिकन भएको र सन् २०१२ मा अहिले प्रशंसा गरिएका ओबामाबाट आफनै गर्दन काटेर हत्या गरिएको बुझ्न सुझाव दिनुभयो ।

रोम्नीका अलवा नेब्रास्काका रिपब्लिकन सीनेटर बेन सासेले पनि राष्ट्रपति ट्रम्पको आलोचना गर्नुभएको थियो ।