
रामेछाप, मंसिर ७ । रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं ७ भटौलीमा शनिबार भएको आगलागिबाट १ जना बालकको मृत्यु भएपछि जिल्ला दैवि प्रकोप उद्धार समितिले घटना स्थलमानै राहत उपलब्ध गराएको छ ।
घटनामा ५ बर्षिय बालक सुजन रम्तेलको मृत्यु भएको थियो ।
मंसिर ६ गते विद्युत सर्ट भइ घरमा आगलागीहुँदा घर मित्रै खेलिरहेका बालक रम्तेलको मृत्यु भएको थियो ।
घटना स्थलमा पुगेको प्रशासनको टोलीले मृतकको परिवार लाई २ लाख रुपैया नगद सहित रेडक्रसले समेत सहयोग गरेको हो ।
प्रतिक्रिया दिनुहोस्