
तस्विर फाइल
काठमाडौं, मंसिर ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले चारवटै सुरक्षा निकायका प्रमुखसँग छलफल गर्नुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार दिउँसो प्रधानमन्त्री ओलीले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखसंग छलफल गर्नुभएको हो ।
छलफलको विषयबारे सार्वजनिक नभएपनि प्रधानमन्त्रीको सचिवालयले प्रधानमन्त्रीको सुरक्षा निकायका प्रमुखसंगको नियमित छलफल मात्र भएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्