
डडेल्धुरा, मंसिर ७ । आन्तरिक राजश्य कार्यालय डडेल्धुराले पहिलो चौमासिकमा साढे १२ करोड रुपैंया राजश्व संकलन गरेको छ ।
सुदूरपश्चिम प्रदेशका महाकाली अञ्चलका तीन जिल्लाका लागि दुई वर्ष अघि स्थापना भएको आन्तरिक राजश्व कार्यालय डडेल्धुराले आर्थिक वर्ष २०७७/०७८ को पहिलो चौमासिकमा मूल्य अभिबृद्धि करबाट ७ करोड ५८ लाख, आयकरतर्फ ३ करोड ९७ लाख र अन्तःशुल्कबाट ९० लाख गरि जम्मा १२ करोड ४४ लाख ७७ हजार ४ सय ७२ रुपैंया ७९ पैसा संकलन गरेको छ ।
वार्षिक राजश्व संकलन करिब ३८ करोड लक्ष्य लिएको कार्यालयले व्यक्तिगत वा एकलौटि फर्म, आयकर, पूँजिगत लाभकर, प्रालि दर्ता तथा ब्याज लाभांश, बहाल र आकस्मिक कर, पारश्रमिकमा आधारित सामाजिक सुरक्षा कर, बस्तु बिक्रि तथा बितरण, परामर्श र ठेक्का, संचार बिमा, हवाई तथा पर्यटन सेवा, मदिरा तथा सूर्तिजन्य पदार्थ बिक्रिबितरण र औद्योगिक उत्पादन , सरकारी प्रतिष्ठान तथा व्यक्तिगत प्यान दर्ता गरि जम्मा १२ हजार ३ सय ७३ फर्महरुबाट २०७७ श्रावण देखि कार्तिक मसान्त सम्म संकलन भएको हो ।
डडेलधुरामा आन्तरिक राजश्व कार्यालय खुले पछि सुदूरपश्चिम प्रदेशका दार्चुला बैतडी र डडेल्धुराका करदातालाई कञ्चनपुर पुग्नु पर्ने बाध्यता हटेको मात्र छैन कार्यालयले सबै सेवाहरु ईन्टरनेट सर्भरबाट दिन थाले पछि छिटोछरितो र चाप नहुने भएकोले समयमै काम हुँदा सेवाग्रही खुशी पनि भएका छन ।
कर कार्यालयमा आउने सेवाग्राहीका लागि कार्यालय अगाडी खुलेका आधा दर्जन बढि अनलाईन सर्भिस फर्महरुले सेवाग्राहीलाई सहजीकरण र आवश्यक सेवासुबिधा पनि प्रदान गरेका छन ।
प्रतिक्रिया दिनुहोस्