२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


कुनै पनि हालतमा पार्टी फुट्दैन : नेकपा नेता रावल


0
Shares

काठमाडौं, मंसिर ७ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलले कुनै पनि हालतमा पार्टी नफुट्ने बताउनुभएको छ ।

कैलालीमा आइतबार पत्रकारहरुसँग कुरा गर्दै नेता रावलले अध्यक्षद्वयको अन्तरविरोधका कारण पार्टी नफुट्ने बताउनुभएको हो ।

उहाँले सरकार भने परिवर्तन हुन सक्ने संकेत गर्नुभयो ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दुबै जना पार्टी फुटाउने योजनामा नरहेको उल्ल्ेख गर्दै नेता रावलले पार्टी कुनै माटोको हाँडी नभएकाले कुनै व्यक्तिले लट्ठीले हानेर नफुट्ने ठोकुवा गर्नुभयो ।

नेता रावलले अध्यक्षद्वयले आफ्ना धारणा र विचार प्रतिवेदनका रुपमा बैठकमा प्रस्तुत गरी निर्णय गर्नु राम्रो कुरा भएको बताउनुभयो ।

उहाँले गत भदौ २६ गतेको स्थायी कमिटी बैठकले संघीय र प्रदेश सरकार हेरफेर गर्ने निर्णय भएको उल्लेख गर्दै त्यसको कार्यान्वयन हुन आवश्यक रहेको बताउनुभयो ।

विधि, पद्धति र जनताको चाहाना अनुसार चल्न नसक्दा पार्टीभित्र अन्तर विरोध चर्किएको नेता रावलको भनाई छ ।