१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पुँजीगत खर्च बढाउन विभिन्न मन्त्रालयसँग समन्वय गर्दे अर्थमन्त्रालय


0
Shares

काठमाडौं, मंसिर ७ । अर्थमन्त्रालयले चालु आर्र्थिक वर्षमा पुँजीगत खर्च बढाउनका लागि विभिन्न मन्त्रालयसँग समन्वय गरिरहेको जनाएको छ ।

कोरोना महामारीका कारण विभिन्न राष्ट्रिय गौरवको आयोजनाहरुको काम समेत प्रभावित भएर पुँजीगत खर्च हुन नसकेको समयमा मन्त्रालयले विभिन्न मन्त्रालयसँग समन्वयन गरिरहेको जनाएको हो ।

मन्त्रालयले खर्च कटौतीको काम समेत सुरु गरेको छ ।

मन्त्रालयले विभिन्न आयोजनासँग सम्बन्धित समस्या खोज्ने र सो समस्या समाधानको लागि काम गरिरहेको अर्थमन्त्रीका सल्लाहकार डा. प्रकाश श्रेष्ठले बताउनुभयो ।

चालु आर्थिक वर्षको चौमासिक सकिसक्दा समेत पुँजीगत खर्च जम्मा ८ प्रतिशत मात्रै भएको छ ।

महालेखा नियन्त्रक कार्यालयको तथ्याकं अनुसार हालसम्म पुँजीगत खर्च जम्मा ८ दशमलब ३९ प्रतिशत अर्थात २९ अर्ब ६१ करोड मात्रै खर्च भएको छ ।

चालु आर्थिक वर्षमा ३ खर्ब ५२ अर्ब ९१ करोड पूँजीगत खर्च छुट्टयाइएको छ ।

अघिल्लो वर्षको यसै अवधीमा पुँजीगत खर्च ६ दशमलब ६९ प्रतिशत मात्रै भएको थियो ।

सरकारले चालु आर्थिक वर्षको यस अवधिमा २१ प्रतिशत खर्च गर्दा वित्तिय व्यवस्थातर्फ ३ दशमलब ६ प्रतिशत खर्च गरेको छ ।

कोेभिड महामारीका कारण विभिन्न ठुला आयोजनाको काम समयमै सम्पन्न हुन नसक्दा यस वर्ष अपेक्षित रुपमा पुँजीगत खर्च हुन नसकेको अर्थमन्त्रालयले जनाएको छ ।