
काठमाडौं, मंसिर ८ । सभामुख अग्निप्रसाद सापकोटाले संसदको हिउँदे अधिवेशन शुरु गर्न आफूहरु तयार रहेको बताउनुभएको छ ।
सांसद मोहन पाण्डेलाई शपथ दिलाएलगत्तै संसद सचिवालयमा पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले कोरोना महामारीको समयमा संसद चलाउन विभिन्न विकल्पसहित तयारी अवस्थामा रहेको बताउनुभयो ।
सकेसम्म चाँडो संसद बैठक राख्नका छलफल भइरहेको विकल्पहरुको खोजी भइरहेको पनि उहाँको भनाइ थियो ।
सभामुख सापकोटाले आउँदो अधिवेशनमा सरकारले पेश गर्ने अध्यादेशमाथि छलफल हुने पनि बताउनुभयो ।
बजेट पारित गरेपछि एकाएक सरकारले बन्द गरेको संसद अधिवेशन अहिलेसम्म आह्वान नगरिएकामा विभिन्न पक्षबाट ध्यानाकर्षण हुन थालेको छ ।
प्रतिक्रिया दिनुहोस्