१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


जो बाइडनले विदेश मन्त्रीमा ब्लिन्केनलाई ल्याउने


0
Shares

jo biden will appoint Anthony blinken to the state secretary

एजेन्सी, मंसिर ८ । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डेमोक्र्याट उम्मेदवार जो बाइडनले एन्टोनी ब्लिन्केनलाई आफ्नो विदेश मन्त्री बनाउने हुनुभएको छ ।

अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार यसअघि उप विदेश मन्त्री रहिसक्नुभएका ब्लिन्केनलाई जनवरी २० मा अमेरिकाको राष्ट्रपति पद सम्हालेलगत्तै बाइडनले विदेश मन्त्रालयको जिम्मेवारी दिन लाग्नुभएको हो ।

बिल क्लिन्टन राष्ट्रपति हुँदा विदेश मन्त्रालयमा करियर शुरु गरी २० वर्षदेखि निरन्तर बाइडेनको साथमा रहनुभएका ब्लिन्केन ओबामा प्रशासनमा बाइडेनका राष्ट्रिय सुरक्षा सल्लाहकार हुनुहुन्थ्यो ।

विदेश मन्त्री नियुक्त भएमा ब्लिन्केनको काँधमा राष्ट्रपति डोनाल्ड ट्रम्पले अस्तव्यस्त बनाएको अमेरिकी परराष्ट्र सम्बन्ध सम्हाल्नुपर्ने दायित्व आउने छ ।