
पोखरा, मंसिर ८ । पोखरामा प्याराग्लाइडिङ दुर्घटनामा पायलटको मृत्यु भएको छ ।
एक यात्रु घाइते भएकी छन् ।
दुर्घटनामा परी पोखरा –२८ कालिकाका ३८ वर्षीय राजु नेपालीको मृत्यु भएको हो ।
घाइते हुनेमा काठमाडौको बूढानीलकण्ठ नगरपालिका वडा –२ की २८ वर्षीया शीला श्रेष्ठ हुन् ।
फिस्टेल नेपालअन्तर्गतको ग्लाइडर फेवाताल किनारमा ल्याण्ड गर्नेक्रममा आज खपौदी क्षेत्रस्थित ल्यान्डिङ जोनभन्दा झण्डै डेढ किलोमिटर माथि दुर्घटनामा परेको हो ।
दुर्घटनापछि घाइते दुवैजनालाई उपचारका लागि पोखराको सिर्जनाचोकस्थित मेट्रो सिटी अस्पतालमा पु¥याइएकोमा पाइलट नेपालीलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।
घाइते श्रेष्ठको छाती र खुट्टामा चोट लागेको छ ।
प्रतिक्रिया दिनुहोस्