
उदयपुर, मंसिर ८ । उदयपुरको ग्रामिण क्षेत्रमा बसोबास गर्ने मुसहर समुदायको अवस्था दयनीय बन्दै गएको छ ।
आर्थिक र सामाजिक रुपमा पिछडिएको यस समूदायभित्र शिक्षा र स्वास्थ्यको पहुँच पुग्न सकेको छैन् ।
बालबालिकालाई विद्यालय पठाउनु भन्दा अरुको घरमा काममा लगाउने, खोलामा माछा मार्न पठाउने समूदायको संख्या धेरै छ ।
यस समूदायभित्र बाल बिबाह गर्ने र सानै उमेरमा बच्चा जन्माउने चलन छ ।
पछिल्लो समय जनता आवास कार्यक्रमअन्तर्गत जस्ताका छाना भएका घर निर्माण गरिए पनि शिक्षा, स्वास्थ्य र जनचेतनामा पहुँच नहुँदा यो समूदाय पछाडि परेको छ ।
जिल्लाको त्रियुगा, चौदण्डीगढी र बेलका नगरपालिकाभित्र झण्डै दुई सयको हाराहारिमा यस समुदायको बसोबास रहेको छ ।
प्रतिक्रिया दिनुहोस्