
धनकुटा, मंसिर ८ । धनकुटामा कोरोना महामारीका कारण आर्थिक समस्या परेको भन्दै घरधनीहरुले घरभाडामा छुट दिएका छन् ।
३२६ जना घर धनीहरुले लकडाउनका कारण व्यापार व्यावसाय ठप्प हुदा समस्यामा परेकाहरुलाई घर भाडा छुट दिएका हुन् ।
धनकुटा उद्योग वाणिज्य संघको अगुवाइमा उनीहरुले ५ महिनासम्म घरभाडा छुट गर्ने भएका हुन् ।
धनकुटा हिले, सिधुवालगायतका बजारका घरधनीहरुले सटर, कोठा र घर भाडा छुट गरेको धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष विजयसन्तोषी राईले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्