२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


रुग्ण उद्योगको लागि स्थायी संयन्त्र


0
Shares

काठमाडौं, मंसिर ८ । नेपाल उद्योग परिसंघले रुग्ण उद्योगको पहिचान, वर्गीकरण, सुविधा, सहुलियत तथा छुट र संस्थागत व्यवस्थाका लागि स्थायी संयन्त्र आवश्यक रहेको जनाएको छ ।

रुग्ण उद्योगको अध्ययन गरि प्रतिवेदन तयार गर्न नेपाल सरकारले गठन गरेको समितिसंग सोमबार छलफल गर्ने क्रममा परिसंघले उक्त आवश्यकतामा जोड दिएको हो ।

परिसंघका अध्यक्ष सतिसकुमार मोरले सरकारले रुग्ण उद्योग व्यवस्थापनका लागि समिति गठन गरि अग्रसरता लिएकोमा स्वागत गर्नुभयो ।

अध्यक्ष मोरले रुग्ण उद्योग सम्बन्धी समस्या समाधान गर्न औद्योगिक व्यवसाय ऐन २०७६ मा भएको व्यवस्था बमोजिम अधिकार सम्पन्न र उच्चस्तरिय स्थायी प्रकृतिको समिति गठन गरि स्थायी समाधान खोज्नु पर्ने आवश्यकता औल्याउनु भयो ।

सो अवसरमा समितिका संयोजक दिपक सुवेदीले रुग्ण उद्योगको सम्बन्धमा परिसंघले दिएका महत्वपूर्ण सुझावलाई समितिको प्रतिवेदनले समेट्ने विश्वास दिलाउनु भयो ।