
काठमाडौं, मंसिर ९ । मंगलबार पुनः शेयर बजारमा दोहोरो अंकको सुधार आयो ।
नेप्से १८ सय माथी पुग्यो ।
कारोबार उच्च नै साढें ५ अर्ब हाराहारी पुग्यो ।
पछिल्ला दिन निरन्तरजसो उकालो लाग्दै आएको नेप्सेमा हिजो सामान्य करेक्सन भएको थियो ।
यस दिन उतार चढावबीच नेप्से ३० अंक बराबरले उकालो लागेर १८ सय १० पुग्यो ।
होटल बाहेक कारोबार भएका सबै समूह उहालो लागे ।
निर्जीबन बीमा समूहमा सबैभन्दा उच्च ३ सय २७ अंक अनि जीवन बीमा समूहमा पनि २ सय ४८ अंकको बृद्धि आयो ।
उत्पादनमूलक समूह २ सय २७ अंकले उकालो लाग्यो । व्यापार समूह पनि १ सय ७२ अंकले बढ्यो ।
वाणिज्य बैंक र सामुहिक लगानी कोष नगन्य अंकले हरियो रहँदा अरु भने दोहोरो अंकले सकारात्मक रहे ।
यस दिन मात्र होटल समूह ३४ अंकले ओरालो लाग्यो ।
यस दिन नेपाल स्टक एक्सचेन्जमा १ सय ९६ कम्पनीको १ करोड १७ लाख कित्ता शेयर ५ अर्ब ४४ करोडमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्