
काठमाडौं, मंसिर, ९ । बैतडीको दशरथचन्द नगरपालिका–१० बुड्डामा दिउँसो जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा चारजना घाइते भएका छन् ।
ना १ ज २१९६ नम्बरको जीप सडकबाट करिब एक सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परि बैतडीको दशरथचन्द नगरपालिका–५ बस्कोटकी पार्वती चन्द, पाटन नगरपालिका–५ की पार्वतीदेवी चन्द , पाटन नगरपालिका–५का भगिरथ पाण्डेय, दशरथचन्द नगरपालिका–२ देहिमाडौंका कृष्ण लावड र सुनर्या गाउँपालिका–४ की कलावती चन्दको मृत्यु भएको छ ।
घाइतेहरुको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
जिपमा ११ जना यात्रु सवार रहेका थिए ।
प्रतिक्रिया दिनुहोस्