२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


ओली र देउवाबिच सत्ता साझेदारीको बिषयमा कुनै छलफल भएको छैन : महत


0
Shares

नवलपुर, मंसिर ९ । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले पार्टी सभापति शेर बहादुर देउवा प्रधानमन्त्री केपी शर्मा ओलीबीच भएको भेटमा सत्ता साझेदारीको बिषयमा कुनै छलफल नभएको दाबी गर्नुभएको छ ।

प्रेस युनियन नवलपुर शाखाले कावासोतीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले कांग्रेस सत्ता साझेदारी गर्ने अभियानमा नभएको र साझेदारीको आवश्यकता समेत नरहेको बताउनुभयो ।

कांग्रेसको कोरोना (कोभिड १९) अनुगमन समितिका संयोजक समेत रहेका डा. महतले सरकारले कोभिडका विषयमा गरेका अनियमिततालाई जनताले प्रस्ट रुपमा बुझिसकेको उल्लेख गर्नुभयो ।