१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ


0
Shares

स्याङजा, मंसिर ९ । स्याङजामा बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ परेका छन ।

पक्राउ पर्नेमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ का मैते बिक छन् ।

बिकले १४ वर्षीय बालिकालाई कार्तिक २६ गते राति जवरजस्ती करणी गरेको र पीडित परिवारको जाहेरी पछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

पक्राउ परेका बिकलाई जबरजस्ती करणी मुद्दामा दर्ता गरि अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।