१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


महानगरले टोल-टोलमा स्वाब संलकन गर्दा स्थानीय खुशी


0
Shares

काठमाडौं, मंसिर १० । काठमाडौं महानगरपालिकाले टोल टोलमा गएर पीसीआर परीक्षणका लागि स्वाव संकलन गर्न थालेपछि स्थानीय खुसी भएका छन् ।

सरकारी निर्णयअनुसार केसी समय बन्द रहेको स्वाव संकलनको काम महानगरले सुरु गरेपछि स्थानीय खुसी भएका हुन् ।

वडा कार्यालयहरु मार्फत जनशक्ति परिचालन गरी पीसीआर परीक्षणका लागि महानगरले स्वाव संकलन गरिरहेको छ ।

स्थानीय आदर्श लामिछाने महानगरको उक्त कामलाई समुदायको सुरक्षाका लागि राम्रो कदम भन्नुहुन्छ ।

काठमाडौं महानगरपालिकाले अझ वृहत रुपमा स्वाव संलकन गर्न सके सबैको पहुँचमा पुग्ने आशा स्थानीय गर्दछन् ।

अहिले विभिन्न मापदण्ड बनाएर स्वाब लिइरहेको महानगरलाई स्थानीय उद्धवप्रसाद लामिछाने अधिकांश जनता सःशुल्क परीक्षण गर्न सक्ने अवस्थामा नभएकाले अभियानलाई वृहत बनाउनुपर्ने सुझाव दिनुहुन्छ ।

अर्का स्थानीय फाल्गुनी दाहाल केही समय बन्द भएर पुनः निशुल्क स्वाव संलकन भइरहेकोमा खुसी व्यक्त गर्दै महानगरपालिकाले मात्रै नभएर अन्य ठाउँमा पनि यसरी नै अभियान चलाउनुपर्ने बताउनुहुन्छ ।

काठमाडौं महानगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष दिपेन्द्र लामाले संक्रमितको संख्या बढ्दै गएपछि कन्ट्याक ट्रेसिङ र सरकारले तोकेको मापदण्डका आधारमा स्वाव संकलन थालिएको बताउनुभयो ।

कोरोनाको निःशुल्क परीक्षण नगर्ने सरकारी निर्णय सर्वोच्च अदालतको आदेशपछि बदर भएपछि अहिले सरकार र स्थानीय तहहरुले मापदण्ड बनाएर कोरोना परीक्षण गरिरहेका छन् ।

अन्य जिल्लाहरुमा कोरोना संक्रमितको संख्या घट्दै गएपनि काठमाडौं उपत्यकामा भने दिनदिनै संक्रमित बढीरहेका छन् ।

महानगरपालिकाले अशक्त, वृद्धवृद्धाहरुको मोबाइल भ्यान मार्फत स्वास्थ्यकर्मी खटाएर स्वाव संकलन गरिरहेको छ ।