३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


योगेश भट्टराई मन्त्री नियुक्त, शपथ हुँदै


0
Shares

काठमाडैं, साउन १५ । नेपाल कम्युनिष्ट पार्टीका सांसद योगेश भट्टराईले मन्त्री पदको शपथ लिँदै छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले भट्टराईलाई पर्यटन, नागरिक तथा उड्ययन मन्त्री नियुक्त गरेका हुन् ।

उनलाई ४ बजे मन्त्री पदको शपथ लिँदै छन् ।

प्रधानमन्त्री ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालले यससम्बन्धि जानकारी दिँदै भट्टराईलाई शुभकामना समेत दिनुभएको छ । आफ्नो ट्वीटमा रिमालले ‘पर्यटन मन्त्रीको कार्यभार सम्हाल्न लाग्नुभएका पर्यटनमन्त्रीलाई शुभकामना’ भनेर उल्लेख गरेका छन् ।

तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको २०७५ फागुन १५ गते ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी निधन भएको पाँच महिनापछि प्रधानमन्त्री ओलीले भट्टराईलाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।

यो बीचमा मन्त्रालयको कामकाज प्रधानमन्त्री ओली आफैंले हेर्ने गरेका थिए । लामो समयदेखि मन्त्रिमण्डल फेरबदलको चर्चा चलेपनि आज भने भट्टराईलाई शपथ दिलाउन लागिएको हो ।  

भट्टराई ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन् ।