
काठमाडौं, मंसिर १० । कोभिडका कारण ठप्प रहेको ठमेलमा विस्तारै चहलपहल बढ्न थालेको छ ।
बाह्य पर्यटक छिटफुट मात्रै देखिएपनि स्वदेशी उपभोक्ताको कारण चलहपहल बढ्न सुरु भएको हो ।
कोभिड रोकथाम तथा नियन्त्रणका लागि गत वर्षको चैत महिना देखि लकडाउन भएपछि बन्द भएको पर्यटकीय बजार ठमेलमा लामो समय पर्यटक भित्रिन नसक्दा सुनसान बनेको थियो ।
तर केही दिन यता स्वदेशी उपभोक्ताको चहलपहल बढेको ठमेलका व्यापारीहरुले बताएका छन् ।
पछिल्लो समय पर्यटन क्षेत्रलाई सूचारु गरिएपनि सरकारी मापदण्डका कारण पर्यटकहरु आउन सकेका छैनन् ।
त्यसैले पनि ठमेल क्षेत्र पर्यटकविहिन बनेको छ ।
थोरै संख्यामा मात्रै नेपाल भित्रिएका र भित्रिनका लागि केही पर्यटकले होटल क्षेत्रमा बुकिङका लागि सोधपुछ गर्न थालेको होटल व्यवासयीहरुले बताएका छन् ।
पर्यटन व्यवसायी भने सरकारी मापदण्ड परिवर्तन गर्न सकेमा पर्यटक नेपाल भित्रिने बताउछन् ।
पर्यटन व्यवसायी बिआर बलामी श्रेष्ठ सरकारले क्वारेन्टिनमा बस्नुपर्ने मापदण्ड हटाएमा विदेशी पर्यटक नेपाल भित्रिने बताउनुहुन्छ ।
विदेशी पर्यटकका लागि ठमेल पहिलो गन्तव्य हो ।
ठमेलमा पर्यटकलाई लक्षित गरी सञ्चालनमा आएका व्यवसाय धेरै छन् ।
पर्यटक नै नभएपछि ती व्यवसायहरु समस्यामा परेको व्यापारीहरुले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्