
नवलपरासी, मंसिर १० । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले नेकपाका नेताहरुबीच चर्किदै गएको बहस र विवादले देशको राजनीतिमा कुनै प्रभाव नपार्ने बताउनुभएको छ ।
गृह जिल्ला पश्चिम नवलपरासीमा मन्त्री त्रिपाठीले बुधबार पत्रकार भेटघाट कार्यक्रममा उक्त कुरा बताउनुभएको हो ।
उहाँले विवाद सुल्झिन नसके आगामी चुनावमा नेकपा दोस्रो पार्टी बन्ने र संसद त्रिशंकु बन्ने बताउनुभयो ।
देशलाई चाहिने निजामती सेवामा प्रशासन समूह आवश्यक भन्दा ७० प्रतिशत बढी र प्राविधिक संख्या आवश्यकता भन्दा कम हुँदा बजेट खर्च हुन नसकेकाले प्राविधिक संख्याको बनावट परिवर्तन गर्न लागिएको मन्त्री त्रिपाठीले बताउनुभयो ।
आफूले नेतृत्व गरेको स्वतन्त्र राजनीतिक समूह अब नयाँ राजनीतिक दलका रुपमा अघि आउन लागेको उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्