
काठमाडौं, मंसिर ११ । पछिल्लो २४ घण्टामा १६१४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६१४ जनामा कोरोनाको संक्रमण पुष्टि हो ।
योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको जम्मा संख्या २ लाख २७ हजार ६४० पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४३७ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
योसँगै नेपालमा संक्रमणमुक्त हुनेको संख्या २ लाख ९ हजार ४३५ पुगेको छ ।
हाल १६ हजार ७९३ जना सक्रिय संक्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४१२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ९ हजार ४९१ जनाको पीसीआर परीक्षण भएको थियो ।
प्रतिक्रिया दिनुहोस्