१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सञ्चार मन्त्रीका सञ्चारविज्ञमा मानन्धर


0
Shares

काठमाडौं, मंसिर ११ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङका सञ्चारविज्ञमा पत्रकार राजेन्द्र मानन्धर नियुक्त हुनुभएको छ ।

सरकारका प्रवक्ता गुरुङले सञ्चारविज्ञका रुपमा मन्त्रिपरिषद्ले नियुक्त गरेको पत्र पत्रकार मानन्धरलाई बिहीबार प्रदान गर्नुभयो ।

वि.सं २०२९ भदौ ६ गते दोलखा जिल्ला, भीमेश्वर नगरपालिका–१ मा जन्मनुभएका मानन्धर यसअघि ‘कान्तिपुर’ दैनिकमा उपसम्पादक हुनुहुन्थ्यो । ‘गोरखापत्र’ र ‘रेडियो नेपाल’ का पनि जिल्ला समाचारदाता भई काम गर्नुभएका मानन्धरले आमसञ्चार तथा पत्रकारिता विषयमा स्नातकोत्तर गर्नुभएको छ ।

सामाजिक क्षेत्रमा समेत क्रियाशील मानन्धरले पूर्वाञ्चल विश्वविद्यालयबाट स्नातकोत्तर तहमा सेफर्ड कलेज (२०१५) मा सबैभन्दा बढी लब्धाङ्क प्राप्त गर्नुभएको थियो ।

कान्तिपुर पब्लिकेसन्शले उहाँलाई सन् २०१५ मा उत्कृष्ट कार्यसम्पादन सम्मान प्रदान गरेको थियो ।

दोलखा मिडिया प्रालिका अध्यक्षसमेत रहनुभएका मानन्धरले अन्तरराष्ट्रिय श्रम सङ्गठन र नेपाल पत्रकार महासङ्घबाट राष्ट्रिय बालश्रम पत्रकारिता सम्मान (२००६) तथा शिक्षा विभाग र पत्रकार महासङ्घबाट राष्ट्रिय शिक्षा सम्मान (२००७) पनि प्राप्त गर्नुभएको छ ।