२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


प्रदेश १ मा २०७ जना संक्रमित थपिए


0
Shares

विराटनगर, मंसिर ११ । पछिल्लो २४ घण्टामा प्रदेश १ मा २०७ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

उनीहरुमध्ये ९५ महिला छन् ।

थपिएको सङ्क्रमितमा मोरङमा ७२, झापामा ६७, सुनसरीमा ३९, इलाममा सात, उदयपुरमा पाँच, पाँचथर र धनकुटामा तीनरतीन, सङ्खुवासभामा एक र प्रदेश बाहिरका १० जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या २६ हजार ४५९ पुगेको छ भने आज थपिएका सहित २१ हजार ४९१ जना सङ्क्रमण मुक्त भएर घर फर्किसकेका छन् ।

बिहीबार डिस्चार्ज हुनेमा होम आइसोलेशनबाट १९६, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराट मेडिकल कलेजबाट तीनरतीन जना छन् ।

कोभिडको उपचारमा खर्च धेरै लाग्ने भएकाले पछिल्लो समयमा सङ्क्रमित मानिस घरमै बसेर उपचार गरिरहेका छन् ।

हालसम्म कूल एक लाख ८७ हजार ८१८ जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।