
तेह्रथुम, मंसिर १२ । बार्षाका कारण लामो समयदेखि अवरुद्ध तेह्रथुमका सडकमा यातायात सञ्चालनमा आएका छन् ।
बर्षाका कारण अवरुद्ध भएपछि लामो समयसम्म मर्मत नगरीएका सडकहरु स्थानीय निकायले मर्मत गरेपछि सञ्चालनमा आएका हुन् ।
यातायात सञ्चालनमा नआउँदा बिरामीलाई बोकेर स्वास्थ्य केन्द्र पुर्याउन एवं किसानले उत्पादन गरेका फलफुल तथा तरकारी बिक्री गर्न समस्या थियो ।
सडक मर्मत भए सँगै स्थानीयका लामो समयदेखिको समस्या समाधान भएका छन् ।
छथर गाउँपालिकाको पहलमा सडक मर्मतलाई तिव्रता दिइएको हो ।
पानीले सडक बगाउँदा ४ महिना यता ग्रामिण क्षेत्र र गाउँपालिकाको केन्द्रमा सवारी साधन चल्न सकेका थिएनन् ।
प्रतिक्रिया दिनुहोस्