
काठमाडौं, मंसिर १२ । कलंकी–नागढुङ्गा सडक खण्ड अब सीसी क्यामेराबाट निगरानी गरिने भएको छ ।
शान्ति सुरक्षालाई चुस्तदुरुस्त राख्न तथा ट्राफिक नियमको उलंघन गर्नेलाई कारवाहीको दायरामा ल्याउन त्रिभुवन राजपथअन्तर्गत कलंकी–नागढुङ्गा सडक–खण्डमा चन्द्रागिरी नगरपालिकाले क्यामेरा जडान गरेको हो ।
यहाँ जडान गरिएका ६८ वटा सीसी क्यामरा प्रहरीलाई हस्तान्तरण गरिएको छ ।
नगरपालिकाको १ करोड रुपैयाँको आर्थिक सहयोगमा उच्च प्रविधिका क्यामरा जडान गरिएको हो ।
नगरपालिकाका मेयर घनश्याम गिरीले राजमार्ग क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण तथा ट्राफिक नियमको उलंघन गर्नेलाई कारवाहीको दायरामा ल्याउन सीसी क्यामराले सहयोग गर्ने बताउनुभयो ।
काठमाडौं उपत्यकाको मुख्य प्रवेशद्धार नाढुंगाबाट कलंकीसम्मको सडकखण्डमा जडान गरिएका सिसि क्यामेराको निरीक्षण महानगरीय प्रहरी कार्यालय रानीपोखरीले गर्ने छ ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले उपत्यका प्रवेश गर्ने मुख्य नाकामा जडान गरिएका सीसी क्यामराका माध्यमबाट सडक सुरक्षा र आपराधिक गतिविधि नियन्त्रण गर्न सहयोग पुग्ने बताउनुभयो ।
मुख्य नाकामा सिसी क्यामरा जडान हुनु मानव सभ्यता, विकास र समृद्धिको प्रतिक भएको पनि उहाँको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्