२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


सेयर बजारमा नयाँ रेकर्ड, एकैदिन ९ अर्बको कारोबार


0
Shares

काठमाडौं, मंसिर १४ । शेयर बजारले दैनिक नयाँ रेकर्ड कायम गर्न थालेको छ ।

आइतबार पनि बजार परिसूचक र कारोबार दुवैमा कीर्तिमान कायम भएको छ ।

बजार परिसूचक नेप्से ७५ अंकले उकालो लागेर १९ सय ६८ मा पुगेको छ ।

यो हालसम्मकै उच्च हो । विहीबार १८ सय ८१ को रेकर्ड कायम भएको थियो ।

यस्तै, कारोबारमा पनि उछाल आएको छ ।

आइतबार नेपाल स्टक एक्सचेन्जमा सवा ९ अर्बको उच्च कारोबार भएको छ ।

बैंकिङ र जीवन बीमा समूहमा उच्च बृद्धि आएसंगै नेप्से उचालिएको हो ।

जीवन बीमा समूहमा सबैभन्दा उच्च २ सय ४५ अंकको बृद्धि आयो ।

विकास बैंक समूह १ सय ७२ अंक अनि वाणिज्य बैंक समूहमा पनि १ सय १२ अंकको बृद्धि आयो ।

जलविद्युत र वित्त समूह पनि दोहोरो अंकले उकालो लागे ।

निर्जीबन बीमा, उत्पादनमूलक, व्यापार र होटल समूह भने ओरालो लागे ।

आइतबार लगानीकर्ताहरु बैंकिङ समूहमा सबैभन्दा धेरै आकर्षित भएका छन् ।

बैंकहरुको शेयरमा खरीदचाप बढ्दा २७ वटा वाणिज्य बैंकमध्ये अधिकांश बैंकको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

विकास बैंकहरुको शेयरमा पनि लगानीकर्ताको आकर्षण बढी देखिएको छ ।

यस दिन नेपाल स्टक एक्चसचेन्जमा २ सय कम्पनीको २ करोड ५९ लाख बढी कित्ता शेयर ९ अर्ब २२ करोड बढीमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।