१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


इलाम चोकमा २९ लाखको डिस्प्ले


0
Shares

प्रकाश नेपाल (इमेज)
इलाम, मंसिर १४ । ट्राफिक, व्यवसाय र सार्वजनिक स्वास्थ्य लगायतका सुचना सार्वजनिक गर्न इलामको चोक बजारमा ठूलो एलइडी डिस्प्ले राखिएको छ ।

पहिलो पटक नगरपालिकाले २९ लाख रुपैयाँ खर्चेर राखेको टेलिभिजन हेर्दा सबै मक्ख देखिन्छन् ।

१६ फीट लम्बाई र १० फूट चौडाइ भएको ठूलो टेलिभिजन सेट मार्फत इलाम चोक बजारमा पर्यटन सम्बन्धि सुचना प्रवाह भइरहेको छ ।

इलाम नगरपालिकाका विभिन्न सुचना, पर्यटकहरुलाई पर्यटन क्षेत्रको जानकारी दिने, र सार्वजनिक स्वास्थ्य सम्बन्धि सुचना प्रवाह गर्नका लागि एल इ डी डिस्प्ले जडान गरिएको नगर प्रमुख महेश बस्नेत बताउनुहुन्छ ।

यसवाहेक नगरमा भएका सभा समारोहको प्रत्यक्ष प्रशारण गर्ने र विभिन्न नीजि तथा व्यापारिक क्षेत्रका विज्ञापन प्रसारण गर्ने नगरको योजना छ ।

गत असोज मसान्तमा निर्माण सकिएको एल इ डी डिस्प्ले जडानमा इलाम नगर पालिकाले करिव २९ लाख खर्च गरेको छ ।

एल इ डी सेटको कन्ट्रोल इलाम नगर कार्यपालिका कार्यालय र गौतम बुद्ध सभा गृहबाट गर्न सकिने छ ।

इलाम चोक बजार, सभा गृह र नगरमा भएका गतिविधिको प्रत्यक्ष प्रसारण र विज्ञापन मार्फत मुनाफा आर्जन गर्ने नगरको योजना गरेको छ ।

इलामका पर्यटन व्यवसायीहरु भने पर्यटकहरुलाई सुचना प्रबाह हुने किसिमका सामाग्री यो डिसप्ले बाट प्रसारण भए मात्र यस्को महत्ब झल्कने बताउछन् ।

डिस्प्ले बाट जिल्लाका पर्यटकिय क्षेत्रहरुको प्रचार गरेर पर्यटहरुलाई आर्कसित गर्न सकेमात्र डिसप्लेको महत्व हुने पर्यटन ब्यबसायी बिजय राईको भनाई छ ।

इलाम सदरमुकाममा जडान भएको एल इ डी डिस्प्ले जडानले पर्यटकीय क्षेत्रबारे जानकारी लिन दिन सहज भएको छ ।

यस किसिमका डिस्प्ले जिल्लाका अन्य पालिकाका समेत राखेको खण्डमा इलाम घुम्न आउने पर्यटकहरुलाई थप सहज हुने देखिन्छ ।

भिडियो हेर्नुहोस्