२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


उग्रतारा मेला स्थगित


0
Shares

डडेल्धुरा, मंसिर १४ । डडेल्धुरामा करिब दुई लाख दर्शनार्थी तथा भक्तजनहरु आउने स्थानीय भाषामा देहिजाँत भनिने उग्रतारा मेला नभए पनि परम्परागत पूजाअर्चना गर्दै आइतबार सम्पन्न हुँदैछ ।

कोरोना महामारीका कारण विगतमा जस्तो गरिने मेलामा स्थानीय प्रशासनले रोक लगाएको थियो ।

प्रशासनले ग्रामीण क्षेत्रबाट आउने यातायातका साधनमा पनि रोक लगाएको थियो ।

जसका कारण दर्शनार्थीको संख्या उल्लेख रुपमा घटेको छ ।

उग्रतारा क्षेत्र विकास समितिले महामारीका कारण स्वास्थ्य सुरक्षा मापदण्ड अपनाइ पूजाअर्चनाको व्यवस्था मिलाएको जनाएको छ ।