१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


जाडो मौसममा कोरोनाको संक्रमण झनै बढ्ने सम्भावना


0
Shares

दिपेन्द्र अधिकारी (इमेज)
काठमाडौं, मंसिर १४ । जाडो मौसममा उपत्यकाको तापक्रम शून्य डिग्री सेल्सयसभन्दा पनि तल ओर्लने गरेको छ ।

पछिल्लो समय कोरोना संक्रमितमध्ये आधाभन्दा बढी उपत्यकाका रहेका छन् ।

जाडो मौसममा शरीर कमजोर हुने हुँदा अन्य रोगसँगै कोरोना भाइरसका संक्रमित बढ्ने संभावना छ ।

हिजो आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम औसतमा ४ डिग्री सेल्सियस वरिपरी छ ।

जाडो मौसममा उपत्यकाको तापक्रम शून्य डिग्री सेल्सयसभन्दा पनि तल ओर्लने गरेको छ ।

सन् १९७८ जनवरी ११ मा काठमाडौंको तापक्रम माइनस ३ दशमलव ५ डिग्रीसम्म पुगेको रेकर्ड छ ।

अघिल्ला वर्षको तुलनामा कति डिग्रीसम्म तापक्रम घट्न सक्छ भनेर पूर्वानुमान गर्न भने नसकिने मौसमविद्हरु बताउँछन् ।

सन् २०२० को अन्त्य र २०२१ को सुरुवातमामा औसत तापक्रम बढ्ने देखिए पनि तापक्रमको तथ्याकंको एकीन पूर्वानुमान गर्न सकिदैन ।

औसत तापक्रम बढ्दा वर्षा घट्छ ।

औसत तापक्रम लामो समयावधिलाई लिएर गणना गरिने हुँदा छोटो अवधिमा हुने तापमान घटबढले वातावरणमा असर पारेको हुन्छ ।

पछिल्लो समय कोरोना भाइरस संक्रमितमध्ये आधाभन्दा बढी उपत्यमै भेटिने गरेका छन् ।

जाडो मौसममा भाइरस लामो समय बाँच्ने तथा शरीरको रोग प्रतिरोधात्मक क्षमता पनि कमजोर बन्दा कोरोना संक्रमणको जोखिम झनै बढ्ने संभावना छ ।

यस्तो अवस्थामा कोरोना र श्वासप्रश्वाससम्बन्धी रोगका बिरामीलाई थप स्वास्थ्य जटिलता हुनसक्ने भन्दै विज्ञहरूले चनाखो रहन सुझाव दिएका छन् ।

कोरोना संक्रमण र यसबाट हुने मृत्यु बढिरहेका बेला अहिलेको जाडो नेपालका लागि थप चुनौतीपूर्ण र खतरानाक बन्ने चेतावनी विज्ञहरूले दिएका छन् ।

स्वास्थ्य उपचार र हेरचाहको राम्रो बन्दोबस्त नमिलाए ठूलो क्षति बेहोर्नु नपर्ला भन्न सकिन्न ।