३१ चैत्र २०८१, आइतबार | Sun Apr 13 2025


दुई अध्यक्ष अभिभावक बन्नुस्, हामी पार्टी र सरकार चलाउन तयार छौंः मन्त्री पुन


0
Shares

Barshman pun

काठमाडौं, मंसिर १५ । उर्जा मन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता वर्षमान पुनले आफूहरु पार्टी र सरकारको नेतृत्व लिन तयार रहेको बताउनुभएको छ ।

पार्टीका दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहालबीच पदीय लूछाचुँडीले पार्टी र सरकार दुबै बदनाम भइरहेका बेला मन्त्री पुनले दुबै अध्यक्षले छोडे दोस्रो पुस्ता नेतृत्वका लागि तयार रहेको प्रष्ट्याउनु भएको हो ।

रोल्पाको लाकुरीमा नेपाल विद्युत प्राधिकरणको सबस्टेशन उद्घाटन गर्दै मन्त्री पुनले दोस्रो पुस्ता पार्टी र सरकारको नेतृत्व गर्न तयार रहेको भन्दै दुई अध्यक्षलाई अभिभावक बनेर बस्न आग्रह गर्नुभयो ।

पार्टीभित्रको बहसले देशको राजनीति प्रभावित भएको स्वीकार्दै उहाँले एकता जनताको आदेशमा भएको नभुल्न नेताहरुलाई चेतावनी दिनुभयो ।

पार्टीभित्रको ठूला विवाद महाधिवेशन र साना विवाद केन्द्रीय कमिटीबाट समाधान गरिने भन्दै उहाँले विधिसम्मत बाटो हिंड्न सबैलाई आग्रह गर्नुभयो ।