१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


म्याग्दीमा सुन्तला उत्पादन घट्यो


13
Shares

म्याग्दी, मंसिर १७ । म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्ने भएको छ ।

चाईनिज सिडरस फुड फ्लाई (औंसा) किराको प्रकोपका कारण सुन्तला उत्पादनमा कमी आउने देखिएको हो ।

सुन्तलाको बोटमा औंसा किरा लागेर फल पहेंलो हुँदै झर्न थालेपछि किसानहरु चिन्तित भएका छन् ।

बेनी नगरपालिका भकिम्लीको राखु, मरेक तथा सिङ्गाको बास्कुना, सुर्केमेला, थामडाँडासहित मंगला र मालिका गाउँपालिकाको विभिन्न वडामा लगाइएको सुन्तला खेतीमा औंसा किराको प्रकोप देखिएको हो ।

रोग किराको प्रकोपका कारणले गर्दा बोटमा लागेको दाना ठूलो भए पनि यसवर्ष विगतको तुलनामा सुन्तला उत्पादन घट्ने कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।

सुन्तलाको बोटमा औंसा किरा लागेर पाक्न लागेको सुन्तला झर्न थालेको कृषक तिलक गुरुङले बताउनुभयो ।

बास्कुना, सुर्केमेला र थामडाँडा क्षेत्रमा मात्रै ७० घरधुरीले २० हजार बोट सुन्तला लगाएका छन्भने तीमध्ये ७ हजार बोटले उत्पादन दिन थालेको छ ।