
काठमाडौं, साउन १९ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल दुबईबाट फर्किएका छन् । पारिवारिक भ्रमणका लागि दुबई गएका नेकपा अध्यक्ष दाहाल गएराति स्वदेश फर्किएका हुन् । बिरामी पत्नी सीता दाहाललाई लिएर उनी गत मंगलबार दुबई घुम्न गएका थिए ।
छोरा प्रकाश दाहालको असामयिक निधन भएयता सीताको स्वास्थ्य अवस्था राम्रो छैन । उनलाई जीवनभर निको नहुने रोग प्रोग्रेसिभ सुप्रान्युक्लियर पाल्सी लागेको चिकित्सकहरुले बताएका छन् ।
सीतालाई सान्त्वना दिनकै लागि अध्यक्ष दाहाल देश विदेशका विभिन्न ठाउँमा गइरहन्छन् । यसैका लागि दाहाल परिवारसहित दुबई भ्रमणमा गएका थिए ।
दाहाललाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ऊर्जामन्त्री वर्षमान पुन, पर्यटनमन्त्री योगेश भट्टराई, खानेपानी तथा सरसफाइ मन्त्री विना मगरलगायत पुगेका थिए ।
प्रतिक्रिया दिनुहोस्