३० चैत्र २०८१, शनिबार | Sat Apr 12 2025


धनकुटामा पाठेघरको क्यान्सर परिक्षण ल्याव स्थापना


0
Shares

धनकुटा, मंसिर १७ । धनकुटा जिल्ला अस्पतालमा पाठेघरको क्यान्सर परिक्षण ल्याव स्थापनाका लागि प्रदेश सरकार बाट सामग्री हस्तान्तरण गरिएको छ ।

बुधबार प्रदेश १ का सामाजीक विकास मन्त्री जीवन घिमिरेले जिल्ला अस्पताल धनकुटाका प्रमुख डा पुजन विश्वकर्मालाई पाठेघरको क्यान्सर परिक्षणका लागि चाहिने आवश्यक सामग्रीहरु हस्तान्तरण गर्नु भएको हो ।

धनकुटामा ल्याव स्थापना भएपछि धनकुटा सहित पूर्वि पहाडी जिल्लाका दुर दराजमा बस्ने नागरीकले परिक्षणकै लागि विराटनगर, काठमाडौं धाउनु पर्ने बाध्यता अन्त्य हुने भएको छ ।

साथै धनकुटा अस्पताललाई स्तरोन्नतीका लागि समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।